सितोरियो कराते संघको नक्साल डोजोमा गुरु पूर्णीमा

- July 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । नेपाल सितोरियो कराते संघको शाखा डोजो नक्सालमा विविध कार्यक्रम गर्दै यस वर्षको गुरु पूर्णीमा मनाइयो । नक्साल स्थिति डोजोमा सम्पूर्ण प्रशिक्षार्थी र खेलाडीहरुले गुरु पूर्णिमा २०७६ को अवसरमा गुरुलाई सम्मान व्यक्त गरेका थिए ।

शाखा डोजो नक्सालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक समेत रहेका गजेन्द्र बहादुर खपाङ्गी ‘इश्वर’ लाई गुरुको रुपमा खेलाडि तथा प्रशिक्षकहरुले खादा ओडाएर सम्मान गर्दै फलफुल तथा मिठाई अर्पण गरेका थिए । लामो समय देखि खेल क्षेत्रमा क्रियाशी खपाङ्गी नेपाल स्वयंसेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष, नेपाल सितोरियो कराते संघका केन्द्रिय सचिव र प्रवक्ता समेत हुनुहुन्छ ।

उहाँद्वारा प्रशिक्षित थुप्रै कराते खेलाडि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल बनीसकेका छन् । गुरु पुजामा शाखा डोजो नक्सालको कार्यालयमा प्रशिक्षर्थीहरुको बाक्ले उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक खपाङ्गीले सम्पूर्ण प्रशिक्षार्थीहरुको सफल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । साथै उपस्थित सम्पूर्ण प्रशिक्षार्थी, निर्णायक तथा अतिथिहरुले गुरु पुर्णिमाको शुभमकामना आदान प्रदान गरेका थिए । हरेक वर्ष मनाईंदै आएको यस प्रकारको कार्यक्रमको यो २० औं श्रृंखला हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!