फेसुबकबाटै ८० लाख ठगी गर्ने ३ युवा पक्राउ

- July 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । फेसबुकको माध्यामबाट गतल विवरण र लोभ देखाई ठगी गर्र्ने तीन जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । फेसबुकमार्फत ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन्।
उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अपराध महाशाखाले जनाएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!