शिव र बुनुको ‘तिमी ओके’बोल को भिडियो सार्वजनिक

- July 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ,गायक शिव परियार र गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘तिमी ओके’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा कृष्ण भारद्वाजको शब्द, नेत्र काफ्लेको संगीत रहेको छ । गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अहिलेको  चर्चित मोडल अन्जली अधिकारी, गम्भीर बिष्ट र सुरेन्द्र बसेललाई फिचरिंग गरिएको छ ।

भिडियोलाई गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । नबराज उप्रेतीले छायांकन गरेको यस गीतलाई नबिन निरौलाले  सम्पादन गरेका हुन् ।

यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो । महेश्वर मान राजभण्डारीले  मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई  रेकर्डिस्ट फुर्बा तामांगले गरेका हुन् ।

height=”400″ src=”https://www.youtube.com/embed/hjPSU3GcO5M” width=”750″>
तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!