बैंकिङ क्षेत्रको कुल कर्जा २८ खर्ब ५६ अर्ब रुपैयाँ

- July 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुरेश राउत, काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम २८ खर्ब ५६ अर्ब सात करोड ४० लाख रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनाको अवधिमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी ३२ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुले कुल १४ लाख २७ हजार नौ सय २७ खातामार्फत उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुन् ।

कुल चुक्ता पुँजी तीन खर्ब दुई अर्ब ५३ करोड १० लाख रुपैयाँ पुगेको बैैकिङ क्षेत्रले यसअवधिमा दुई करोड ६९ लाख १० हजार चार सय ८० वटा खाता मार्फत ३१ खर्ब ६० अर्ब ५६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

वाणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी भने यसअवधिमा दुई खर्ब ४८ अर्ब ५१ करोड ४० लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले यस अवधिमा दुई करोड १९ लाख ८७ हजार तीन सय ५४ वटा निक्षेप खाता मार्फत २७ खर्ब २१ अर्ब ३५ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १० लाख १९ हजार दुई सय २० वटा खाता मार्फत २४ खर्ब ५६ अर्ब ७७ करोड १० लाख रुपैयाँ पुगेको छ ।

सात वटै प्रदेशमामा सञ्चालनमा रहेका क्षेत्रिय, राष्ट्रिय तथा प्रादेशिक विकास बैंकहरुको कुल चुक्ता पुँजी ३९ अर्ब ८८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा विकास बैंकहरुले ४३ लाख ५१ हजार ५४ वटा निक्षेप खाता मार्फत तीन खर्ब ६८ अर्ब ९७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन लाख ६६ हजार सात सय ९७ वटा खातामार्फत तीन खर्ब ३२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो १० महिनाको अवधिमा पाँच लाख ७२ हजार ७२ वटा खाता मार्फत ७० अर्ब २२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ हजार नौ सय २० वटा खाता मार्फत ६७ अर्ब नौ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुंंजी १४ अर्ब १३ करोड लाख रुपैयाँ पुगेको छ । यसअवधिमा लघुबित्त बित्तीय संस्था बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने यस अवधिमा चार हजार आठ सय वटा पुगेको छ ।

सो मध्ये वाणिज्य बैंकहरुको तीन हजारतीन सय ६७, विकास बैंकहरुको एक हजार दुई सय २९ र फाइनान्स कम्पनीहरुको दुई सय चार वटा शाखाहरु सञ्चालनमा रहेका छन् । (आर्थिक दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!