भण्डारामा प्रहरी निरीक्षक आचार्यको सक्रियता : २२० केजी गाँजा सहित ट्रिपर र चालक पक्राउ

- July 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा,  चितवन, चितवनको भण्डाराबाट प्रहरीले गएराती २२० केजी गाँजा सहित ट्रीपर र त्यस्का चालकलाई पक्राउ गर्न सफल भएको छ ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको बिशेष टोलीले गएराती सवा ३ बजे पूर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित भवानीपुरको (लाहुरेचोकबाट) ना. ४. ख. २२९५ नम्बरको ट्रीपरमा लोड भएको २२० केजी गाँजा सहित ट्रिपर र त्यस्का चालक हेटौंडा उप – महानगरपालिका वर्डा नम्बर ७ बस्ने बर्ष २४ को सौगात श्रेष्ठलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

बरामद गरिएको उक्त गाँजा र ट्रिपर चालकलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय चितवन पठाइसकेको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय भण्डारको जिम्मेवारी लिएपछि प्रहरी निरीक्षक बसन्त आचार्यले अहिलेसम्म ४०० केजी भन्दा बढी गाँजा बरामद गरी नष्ट गरिसकेका छन् ।

गाँजा तस्करविरुद्ध निक्कै आक्रमक बन्दै आएका प्रहरी निरीक्षक आचार्य नेपाल प्रहरीका ब्यावसायीक, निडर, र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!