सेयर–बजार : नेप्से फेरी पनि घट्यो

- June 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ, अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार पुुन घटेको छ ।

नेप्से दुुई दसमलव २३ अंकले घटेर १२ सय ५८ दसमलव ६६ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य तीन अंकले बढेर दुुई सय ७० दसमलव २९ अंकमा पुुगेको छ ।

एक सय ७७ कम्पनीहरुको पाँच हजार चार सय सात वटा कारोवारमा १२ लाख २६ हजार छ सय ८६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३५ करोड ९४ लाख ११ हजार तीन सय पाँच रुपैयाँ पुुगेको छ । 

११ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेकाछन भने आठ वटा समुहको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ४४ अंकले बढेर ११ सय ३० दसमलव शुन्य आठ अंकमा पुुगेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!