अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित पार्किङ एरियाबाट कास्की पोखरा महानगरपालिका-१७ घर भई लाजिम्पाट बस्ने २१ वर्षीय होली गुरुङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ करिब ४ ग्राम सहित फेला पारी शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध जस्तो देखिने पर्दाथ सहित उनलाई पक्राउ गरेको हो ।

मकवानपुर, बकैया गाउँपालिका-७ मानदमारस्थित जंगलको बगरबाट  बेवारिशे अवस्थामा अवैध लागूऔषध गाँजा करिब ११.५ किलो शनिबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी हात्तीसुँडेबाट खटिएको प्रहरीले प्याकेटमा रहेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!