–केशव खड्का/साँखु ईन्द्रायणी
पिता शास्त्री स्वामी १००८ श्री नारायण गिरी र माता हरिपुरी गिरीका राम लक्ष्मण दुई रत्नमा कनिष्ठ पुत्ररत्न लक्ष्मिप्रसाद गिरीको जन्म वि.सं. २००० वैशाख १९ गते शुक्रवारको रातमा साँखु वज्रयोगिनी सिंह सत्तलमा भएको हो । वहाँ तिक्ष्ण बुद्धि चतुर निडर र शाहसी व्यत्तित्वका धनि हुनुहुन्थ्यो । वहाँको शिक्षादिक्षा पिता श्री नारायण गिरीका सामिप्यमा सिंह सत्तलबाटै शुरु गर्नु भएको थियो । २०१८ सालमा मध्यमा उर्तिण गरी (हालको एसएलसी) गर्नु भएको थियो । शास्त्री पढन बनारस जाने तयारी गर्दा गर्दै सिन्धुपाल्चोकको विकट गाउँ तालामाराङ गाउपञ्चायत (हाल मेलम्ची नगरपालिका) को तेर्से गाउँको फुलपाती चौरमा पञ्चकन्या प्राथमिक विद्यालय स्थापना गरेर गाउँका बालबालिकालाई पढाउन थाल्नु भएको थियो । छोरा छोरी पढाउँने चेतनाको अभाव थियो सम्झाई बुझाई विद्यार्थिहरु जम्मा गर्नु पथ्र्यो । शिक्षण सेवामा संलग्न भएपछि पाटीभञ्ज्याङ निवासी च्यवन गिरीकी छोेरी सरस्वती गिरीसँग लक्ष्मीप्रसादको बिवाह भयो ।
पञ्चकन्या प्रावि सुचारु एवं स्वीकृत भएपछि २०२० सालमा साविकको माहाँकाल गाउँविकास समितिको ग्यालथुममा सरस्वती प्राथमिक विद्यालयको स्थापना गर्न त्यहाँ रहेका लामिछानेहरुलाई प्रेरणा दिनु भएको थियो । हाल सो विद्यालय प्राविबाट अपग्रेड हुँदै दशजोड दुई र मेलम्ची भ्याली क्याम्पस सञ्चालनमा रहेको छ । कहिकहि २०१७ सालमा खुलेका प्राविहरू भए पनि शिक्षक विद्यार्थिको अभावमा बन्द झै रहेका थिए । पञ्चकन्या प्राविसंगै सो क्षेत्रमा ‘गिरी माष्टर’ का नामले शिक्षा विकासको लहर नै पैmलिएको थियो ।
२०२५ सालमा पञ्चकन्या प्राविको प्रधानअध्यापक (हेडमास्टर) का रुपमा सर्लाही निवासी भैरवप्रसाद ढुङ्गेललाई सुम्पेर १ वर्ष आध्यात्मिक चिन्तन गर्न लक्ष्मीप्रसाद लाग्नु भयो । फूलपाती चौरमा पहिरो लागेपछि पञ्चकन्या प्रावि बस्नेत गाउँ छेउ लगियो हाल त्यहाँ माध्यामिक विद्यालय चलेको छ । १ वर्षको देशदर्शनमा १३ अञ्चल र ६५ जिल्लाको अध्ययन भ्रमण गरेर लक्ष्मीप्रसाल फर्केपछि २/३ ठाउँमा पानीबाट चल्ने धान कुटने मिल स्थापना गरेर एउटा आपैmले चलाउँनु भएको थियो ।
सिन्धुपाल्चोक जिल्ला पंञ्चायतका उपाध्यक्ष कृष्ण भक्तको अध्यक्षतामा श्रम र केही अनुदान समेतले निर्माणाधिन मेलम्ची राजमार्गको मेलम्ची ह्योल्मो खण्डमा श्री लक्ष्मीप्रसाद गिरी र सरस्वती प्रावि ग्यालथुमका प्रअ पारसमणि पोखरेल मनोनित सदस्य रहेर विकास निमार्णका काम समेत सुरु भयो । २०२७ सालमा चनौटेसम्म रसियन जीप समेत चलेको थियो। बनेपाका धनदाश श्रेष्ठले सामान ढुवानी पनि गर्थे । मेलम्ची ह्योल्मो खण्डमा हज्जारौं जनताको श्रमदान भयो तालामाराङ निवासी रामचन्द्र श्रेष्ठ र सत्यनारायण श्रेष्ठवाट नगद र अन्नको पनि सहयोग भएको थियो त्यस समयमा बाटो बनाउन । तलामाराङ, दुवाचौर, पाल्चोक माहांकाल, सिन्धु, थकनी किउल, तिम्वुध्यागुल (ह्योल्मो) गाउँ पञ्चायताका जनतालाई श्रमदान गराउने प्रेरणा दिने काममा ठुलै भूमिका खेलेका थिए गिरीले । लक्ष्मीप्रसाद तालामाराङ गएदेखि माहांकाल माझिटारका कुलबहादुर कार्कीसँग सल्लाह लिएर काम गर्थे, उहाँको निधन पछि उहाँकै माईला छोरा बलबहादुर कार्कीबाट सल्लाह लिएर काम गर्ने गरेको बताउने गरेका थिए । बलबहादुर कार्कीको पनि गत २०७५ चैत १८ गते निवासमै निधन भएको थियो । विसं. २०३४ साल वैशाखमा पञ्चायत सरकारका तर्पmवाट गाउँफर्क अभियानले सञ्चालन गरेको स्थानिय निर्वाचनमा तालामाराङ गाउँ पञ्चायतमा प्रधानपञ्च हुँदा युवा, स्पष्टवक्ता र संघर्षसील हुनाले जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अग्रगामी नेतृत्व रहेको तथ्य बुढापाकाहरु सुनाउँदैछन् ।
लामो समय सो क्षेत्रमा विकास निर्माणदेखि शिक्षामा बिशेष योगदान गरेर गिरी २०४७ साल कात्र्तिकबाट साँखु स्थित ब्रजयोगिनी सिंहसत्तल फर्किएका थिए । आप्mनो जन्मस्थानमानै बसेर केही गराँै भन्ने उद्धेश्यले २०४८ साल आश्विनमा श्री जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघ नामक धार्मिक संस्था आप्mनै अध्यक्षतामा स्थापना गरी शालीनदिमा श्री गायत्री माता कोटीहवन माहायज्ञ सम्पन्न पछि विकास निर्माण र स्थान परिचयका खातिर आध्यात्मिक दत्तचित्तले लागिपरेका अग्रज व्यक्तित्वको रूपमा परिचित थिए लक्ष्मीप्रसाद गिरी । जसलाई यही संस्थावाट प्रकाशित श्री स्वस्थानी ब्रतकथा माघ माहात्म्य पुस्तकको विवरणले पनि पुस्टि गरेको छ ।
प्रमुख आचार्य प्राचार्य चेतोनाथ आचार्यले २०४८ को कोटि हवन २५० भन्दा वढी वटुहरूको साथ सहयोगमा सञ्चालित कोटीहवनमा मुख्य प्रतिनिधि यजमान जीतबहादुर खड्का रहेका थिए। यही महायज्ञको प्रसादवाट कुँदिएका ढुङ्गाहरूले जगमा आठ सल उठाई पहिलो तलामा ५४ सल ईटाको गारो र दोस्रो तलामा ईटाकै २७ सल गारो र आँखिझ्याल सहितको सतल निर्माण गरे । ९ वटा गजुर सहित तामाका पाताले छानो छाइएको छ । स्वर्ण प्रतिमा समेतका तोरण भक्तले चढाएका छन । त्रिशुल र नागले छाना स्वभायमान छ । १६ कुनामा माछा र वकुल्लाको आकारले मन्दिर टिलिक्क टल्किएको छ । ऐतिहासिक साँखु शहरमा व्रजयोगिनी पछिको यो विशाल भव्य मन्दिर हो । शालिनदि गङ्गामा स्नान गरेर पश्चिमोत्तर फर्कदा यो अपुर्व मन्दिरको दर्शन पाइन्छ ।
यो मन्दिरका तोरणहरू अष्टकोण शैलीमा आठकोठा, अष्ट मङ्गल कलशले भरिपुर्ण टुडाँलहरूमा अनेक नाग नागीनीका चित्र र १०८ चित्र अंकित आठ झ्याल र चार ढोका भएको सुर्की र चुनाबाट विशेष ईटा प्रयोग गरेर मल्लकालिन कला शैली र ढाँचामा अनेकौ कलात्मक मूर्ति कुँदेर नर्मदेश्वरको समिपमा ९ वर्षमा निर्माण सम्पन्न भएको श्री अष्टमातृका सहित श्री स्वस्थानी माताको भव्य मन्दिर सर्वविदितै छ । वि.सं. २०६० साल माघमा श्री अष्टमातृका श्री स्वस्थानी माताको प्राण प्रतिष्ठाको लागि कोटी हवन महायज्ञ लगाउने लक्षसाथ २०५९ साल पुस १४ गते पाटन औद्योगिक क्षेत्र पछाडी लोकब्रज ब्रजाचार्यको कारखानाबाट अष्ठमातृका सहित श्री स्वस्थानी मााताको मूर्ति साँखु शालीनदीमा ल्याउँदा भएको विशाल जुलुस र झाँकी सहित लक्ष्मिप्रसाद गिरीको अगुवाइमा ल्याइएको थियो । वि.सं. २०६० मा दोश्रो कोटी हवनमा झापा समेतबाट १५० वटुकहरु झिकाई आचार्य किशोर गौतमले प्रमुख आचार्यको भूमिका निभाएका थिए गिरीले । मूख्य प्रतिनिधि यजमानको जिम्मेवारी महेन्द्रवहादुर लामिछानेले पुरा गरेका थिए। यही कोटी हवन महायज्ञमा श्री अष्टमातृका सहित श्री स्वस्थानी माताको प्राण प्रतिष्ठा सम्पन्न भएको थियो । युवावस्थामा पदार्पण गरेदेखिनै शिक्षा, सडक, पुल, कुलो निर्माण आदि विकास निमार्णमा विशेष अभिरुची लिने लक्ष्मीप्रसाद गिरीको कार्यकालमा जागेश्वरी प्रावि सञ्चालन गर्न सफल भएका थिए । भने तालामाराङ खोलाको पानी ल्याएर देउजाहरुको टारमा सिँचाई गराउँन समेत सफल भएका थिए गिरी ।
त्यही अनुभव र ज्ञानलाई जीवनको उत्तराद्र्धसँगै धर्म संस्कृति र संस्कारलाई निरन्तरता दिने क्रममा कैलाश आश्राम नर्मदेश्वरको पूरानो धर्मशालालाई जीवन्तता दिदै सालिनदी माधवनारायण मन्दिरको उत्तरमा स्थान सापेक्ष मेलापर्व र धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए। वि.सं. २०७२ सालमा कोटीहवन महायज्ञ सञ्चालन गर्नु पर्नेमा २०७२ बैशाख १२ को महाभुकम्पले जन्माएको असहज परिस्थिति र अघोषित भारतीय नाकावन्दीले ल्याएको अभाव आदि कारणले कोटीहवन हुन सकेन र संस्थाको कार्य समितिको निर्णय अनुसार जनक जानकी सिद्धार्थ धर्म कर्म सेवा संघले महिना व्यापी अतिरुद्री लगाएको थियो । वि.सं. २०७३ साल जेठ ८ गते शनिवारदेखि शालीनदी श्री स्वस्थानी माता मन्दिर परिशर कोटीहवन यज्ञशालामा गुरुकुल कन्याहरुवाट योगाचार्यहरु सहित भएर यज्ञ यज्ञादि वैदिक स्वस्तिवाचन गरी कन्या गुरुकुल सञ्चालन गर्ने गरी गुरुकुल सञ्चालन गरिएको थियो । हाल योे कार्यक्रम विद्यार्थि अभावले बन्द छ । उहाँको आश्रममा श्रीमति सरस्वती गिरी, तीन छोरी, छोरा राजेन्द्र र बुहारी, नाति नातिनी बस्दै आएका छन् ।
उहाँ स्वतन्त्र रुपमा शाली नदीमै रहने र विकास निर्माणमा व्यस्त हुने गरेका थिए । वि.सं. २०६९ माघ महिनामा भारतको तीर्थ राज प्रयागको महाकुम्भमा निरञ्जन अखडाका गुरु आचार्य महामण्डलेश्वर स्वामी पुण्यानन्द गिरी महाराजवाट सन्यास ग्रहण गरेका थिए । उहाँ वेदब्यासकृत श्रीमदभागवत महापुराणको व्याख्यानमा प्रसिद्ध भएकाले सन्यास नाम भागवतानन्द गिरी दिनु भएको थियो । तीर्थराजबाट फर्केपछि खोटाङ्गको हलेसी माहादेव स्थान (पूर्वी तिर्थ) मा १ वर्ष कल्पवास बसेका थिए र शालीनदी आएर जनक जानकी सिद्धार्थ धर्मकर्म सेवा संघको संरक्षकको भूमिका निभाई रहेका थिए । अन्तमा दुई पटकको हृदयघातलाई सामना गरेका गिरीले तेस्रो पटकको हृदयघात पछि अप्रेसन गरेर स्वस्थ भई नियमित औषधी सेवन गर्दै आएका थिए । अन्ततः २०७५ कात्र्तिक ४ गते लक्ष्मीप्रसाद गिरी ह«दयघातको चौथो आक्रमणमा यस संसारवाट विदा लिई ब्रह्म लिन हुनु भयो । ‘ब्रह्म सत्य जगत मिथ्या’
यस बिषयमा तपाइको प्रतिक्रिया...!