हुमागाईंको ‘हाँस्ने खेल्ने’ गीत बजारमा

- June 7, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : लोक दोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा हाँस्ने खेल्ने बोलको गीत बजारमा आएकोे छ ।

डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ ।

पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गीतको ध्वनि सम्पादन खडक बाजुरालीले गर्नुभएको हो । हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंमहेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ ।

दृश्य छायाङ्कन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गर्नुभएको छ । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाईंको रहेको छ ।

केही दिनअघि मात्र ‘सपनी’ नामक लोकदोहोरी गीत ल्याएको डिएआर मुभिजले जालमा फसायौ भाग २ को काम सम्पादनको चरणमा रहेको र सोअघि केही अरु गीत ल्याउने जानकारी डिएआर मुभिजले गराएको थियो । ‘हाँस्ने खेल्ने’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलमा राखिएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!