सन्राइज बैंकको हेल्थ केयर कार्डको शुभारम्भ

- June 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै यस सन्राइज बैकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ ।

उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा पि.ओ.एस.बाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी रकमको भुक्तानीको सुबिधा प्रयोग गर्न सक्ने छन् ।

साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरि भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरुमा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सकिनेछ । यस बाट ग्राहक वर्गलाई थप लाभान्वित हुने आशा बैकले लिएको छ ।

हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको बिवरण र डाक्टरको सिफारीस वा अन्य जानकारीको कागजपत्र बैकमा पेश गनु पर्नेछ ।

यदि कुनै सिफारीस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उक्त कागजपत्रहरु उपचार पस्चात दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने छ ।

साथै हेल्थ केयर कार्ड विरामी आफै उपस्थित हुन नसकेको अवस्थामा विरामीको नजीकको नातेदारको नाममा पनि जारी गर्न सकिने छ ।

यसका साथै सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चस, बढीमा १ लाख रmपैँया वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।

बिगतका योजना अनुसार बषमा एक चोटी बिमा दाबी गर्न सकिन्थ्यो भने चैत्र १, २०७५ सालदेखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बिमा दाबी गर्न सक्ने योजना अगाडी ल्याइएको छ । 

साथै सन्राइज बैंकका बचतकर्ताहरुले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरmमा २० प्रतिशतसम्म छुट दिदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

 

तीव्र अपडेट