दाँतको उपचारका लागि सौराहामा अत्याधुनिक प्राविधिको डेन्टल क्लिनिक संचालनमा

- May 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, चितवनको पर्यटकीय नगरी सौराहामा दाँतको उपचारका लागि अत्याधुनिक प्राविधिको डेन्टल क्लिनिक संचालनमा आएको छ ।

सेभ तीथ डेन्टल केयर क्लिनिक हात्ती चोकमा संचालनमा आएको हो । क्लिनिकको रत्ननगर नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष बलराम दाहालले उदघाटन गरेका थिए ।

दाँतको अत्याधुनिक पद्धति र उपकरणको सहायताले सुपथ मुल्यमा उपचार सुरु गरिएको क्लिनिकका डा. रिस्नु केसीले जानकारी दिए ।

क्लिनिकमा आधुनिक प्रबिधिकै डिजिटल एक्सरेको सुबिधा रहेको छ । साथै हरेक दिन दन्त रोग विशेषज्ञबाट उपचार गराइने पनि उनले बताए ।

उद्घाटनको अबसरमा क्लिनिक परिसरमा निःशुल्क दन्त परीक्षण शिविर समेत गरिएको थियो । लायन्स क्लब अफ चितवन हेल्थ सिटीको समन्वयमा भएको कार्यक्रममा दुई सय जनाको दाँतको निःशुल्क परीक्षण गरिएको थियो ।

सो क्रममा औषधि, ब्रस, मन्जन समेत बितरण गरिएको दन्त रोग विशेषज्ञ एवं नेपाल डेन्टल एसोसिएसन चितवनका उपाध्यक्ष समेत रहेका डा. केसीले जानकारी दिए ।

सेभ तीथ डेन्टल केयर क्लिनिकमा दन्त रोग विशेषज्ञहरु डा. रिस्नु केसी, दीपक सुवेदी, रोशन भट्ट र प्रतीक्षा शाक्यले दन्त सेवा उपलब्ध गराउने छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!