(कविता) कल्पवृक्षको नाभिमा

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– दीनबन्धु अर्याल
शातातप ऋषि भन्छन् सुमेरु कोण मा कहीं
पद्म पराग को शिर जहाँ छ कल्पविदु्रम
अति सुन्दर त्यो वृक्ष शोभाले परिपूर्ण छ
हाँगा दक्षिणका रोजी बसेका धेर काग छन्

नगाधिराज उत्तर का हिमाल पारी को पनी
शुभेच्छा प्रेम पाएको महा श्रीमान एक छ
बुद्धिमान् वीतरागी छ काक भुशुण्डि नाम छ
त्यो कल्पवृक्ष को नाभी पक्रेर वास गर्दछ

शान्त रूप छ त्यो ज्ञाता युग कल्प अनेकको
जुनी फेरे पनि सम्झ्यो करोडौं वर्ष का कुरा
सनातनै छ यो जीव छ ईश्वर सनातन
आत्मा सनातनै हुन्छ काक भुशुण्डि भन्दछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!