अफगानिस्तानमा विस्फोट दश सर्वसाधारण घाइते

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक कारबम विस्फोटमा परी कम्ती १० सर्वसाधारण घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रमुखले शुक्रबार सो जानकारी दिनु भएको छ । बिहीबार राति प्रान्तीय राजधानी कान्दाहार शहरको छिमेकमा पर्ने हिनो मिना क्षेत्रमा सो कारबम विस्फोट भएको थियो । 

यस बम विस्फोटमा परी छ बालबालिका र चार महिला घाइते भएका छन् । कैयौ घरहरु क्षतिग्रस्त भएको बताइएको छ । यस  कारबम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् ।

युद्धग्रस्त यस देशमा भएको विभिन्न द्वन्द्वको कारण सन् २०१८ मा ३ हजार ८०० सर्वसाधारणको मृत्यु भएका थियो  भने ७ हजार १८० व्यक्ति घाइते भएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!