एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धादिङ : नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।

तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताउनुभयो ।

टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र  माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी  अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उहाँको भनाइ थियो ।

चार वर्षदेखि माछापालन गर्दै आउनुभएका तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा सखाप भएपछि मरेका माछाले दुर्गन्ध फैलिएको छ ।

वर्षको रु  एक लाख ७० हजार भाडा तिरेर माछापालन गरिरहनुभएका उहाँले जिल्लामा रहेको भेटेनरी अस्पतालमा सम्पर्क गर्दा माछाविज्ञ नभएको अस्पतालका सूचना अधिकारी घुरन मण्डलले बताउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!