सुमित्रा र बिक्रमको गीत चौतारीको वरमा रामजी र सम्पदाको रोमान्स

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं , समय, परिस्थिति र दर्शक श्रोता को मागले गीत संगीतलाई एक कुरामा मा अब्बल भएर मात्र नहुने भएको छ । कला गला को साथ साथै सन्दर्यताले पनि गीत संगीतलाई प्रभाव पार्न थालेको छ। यसको उदाहरण हो सुमित्रा तामाङ । यी तिनै कुराको  पूरा रुप हुन बिक्रम र सुमित्रा । पछिल्लो समय अरुको सिको गरेर गीत निकाल्ने क्रम नभएको होइन यहि बिचबाट सुमित्रा तामाङ र बिक्रम परियारले फरक पहिचान बोकेको गीत चौतारीमा वर सार्बजनिक गरेका छन् । पछिल्लो पुस्ता लाई ध्यान दिएर माया पिरतिमा आधारित यो गीतमा मौलिकता पाइन्छ । गीत गाउनु र निकाल्नु ठूलो कुरा होइन तर गीतमा कतिको मौलिकपन छ भन्ने ठूलो कुरा कुरा हो । आफैमा सुमधुर स्वरका धनी बिक्रम परियार र सुमित्रा तामाङको सहकार्यले यस चौतारीको वर मार्फत नया आयम थपिन सक्छ । नकुल ढकालको शब्द रहेको यस गीतमा संगीत वसन्त थापाको रहेको छ ।  गायक परियार र गायक तामाङले आवाज दिएको गीतलाई बिपि फिल्मको ब्यानरले बजार ब्यबस्थापन गरेको छ ।मौषम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा चर्चित गायक तथा मोडल रामजी खाण , वसन्त थापा र सम्पदा बानियाले अभिनय गरेका छन भने संगीत संयोजन आशिष अबिरलले गरेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!