वरिष्ठ नेता पौडेल निर्मला पन्तको घरमा, जुनसुकै हालतमा हत्यारा पत्ता लगाउन सरकारलाई आग्रह

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

महेन्द्रनगर , नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बलत्कारपछि हत्या गरिएकी  कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको घरमा पुगेर सहानुभुति प्रकट गरेका छन् ।

पार्टीको जागरण अभियान अन्तरगत सुदुरपश्चि प्रदेशका विभिन्न कार्यक्रममा सहभागि हुन कञ्चनपुर पुगेका पौडेलले निर्मलाकी आमा दुर्गादेविलाई भेटेर हत्यारालाई जुनसुकै हालतमा पनि पत्ता लगाउने आश्वासन दिए ।

उनले सरकारलाई हत्यारालाई जुनसुकै हालतमा पत्ता लगाउन आग्रह गरे ।

वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

तर हाल सम्मपनि निर्मलामा हत्यारा पत्ता लाग्न सकेका छैनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!