स्थानीयवासीले तनहुँको भानु नगरपालिकामा तालाबन्दी

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दमौली : नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।

छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्‍याएरै नगर प्रहरी छनोट गरिएको बताउनुभयो । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उहाँको भनाइ छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!