February 24, 2025, 6:08 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

उत्तर कोरियाले १० हजार सैनिक रूस पठायो

कार्तिक १४, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

वासिङ्टन : उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र सम्भवतः केही सातामै युक्रेनविरुद्ध लड््ने सम्भावना रहेको अमेरिकाले जनाएको छ ।

उत्तर कोरियाले ठूलो संख्यामा सैनिक पठाउँदा ‘महत्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न भएको दक्षिण कोरियाको भनाइ छ । दक्षिण कोरियाले लामो समयदेखि आणविक-सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड््न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जुनमा पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो संख्यामा सैनिक तैनाथ गर्न थालेको दक्षिण कोरियाको आरोप छ ।उत्तर कोरियाले भने सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत साता पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानुन अनुरूप हुने बताएका थिए ।

प्रतिक्रिया