February 24, 2025, 6:03 am
» महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा » कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

युक्रेनको खार्किभमा भएको रूसी हमलामा चार जनाको मृत्यु

कार्तिक १३, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

युक्रेन,  : युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताउनु भएको छ ।

उहाँले टेलिग्राम मार्फत घटनाको जानकारी गराउदै हमलामा मानविय क्षती हुनुका साथै  घरहरू क्षतीग्रत भएको उल्लेख गर्नु भएको छ ।

खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।

सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो ।

स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया