January 22, 2025, 1:42 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

अब काम गरेर देखाउने जिम्मेवारी ओली सरकारको काँधमा : मनीष सुमन

साउन १, २०८१ मा प्रकाशित | ७७०दर्शक तीव्रखबर

काठमाडौं,  जसपा नेपालका प्रवक्ता मनीष सुमनले नयाँ मन्त्रीमण्डलमा नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई पूरा साथ र समर्थन रहेको बताउनुभएको छ ।

आफूहरुले अहिले तत्काल मन्त्रीको लागि चासो र सोच नै नराखेकाले मन्त्रीमण्डलमा नभए पनि गठबन्धनमा भएकाले बाहिरै बसेर सरकारको पक्षमा उभिएको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै प्रवक्ता सुमनले नेपाली कांग्रेस र एमालेबीच असार १७ गते राती भएको समझदारीमा समर्थन जनाउने दल नै जसपा भएको दावी गर्नुभयो ।

हिजो विस्तार भएको मन्त्रीपरिषद्मा जसपाबाट एकजना पनि मन्त्री छैनन् ।

दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारबाट जनताले धेरै आसा र विश्वास गरेको बताउँदै उहाँले अब काम गरेर देखाउने जिम्मेवारी ओली सरकारको काँधमा आएको स्पष्ट पार्नुभयो ।

यस्तै अबको सरकारले देशलाई स्थायित्व दिने उहाँको विश्वास रहेको छ ।

काम केहि नगर्ने, धेरै उथलपुथल भइरहने र विश्वासको मत मात्रै लिने लगायतका क्रियाकलाप नै प्रचण्ड नेतृत्व सरकारको विपक्षमा उभिनुको प्रमुख कारण भएको उहाँको भनाइ रहेको छ ।

कांग्रेस–एमाले गठबन्धनबाट बनेको सरकारले पहिलो पटकमै पूर्णता पाएको छ ।

एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन् ।

त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन् ।

प्रतिक्रिया