February 23, 2025, 8:39 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच नेपाल-भारत सम्बन्धको चर्चा

साउन १, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नवनियुक्त परराष्ट्रमन्त्री राणालाई भारतीय राजदूत श्रीवास्तवले बधाई दिएका थिए।

उनीहरूबीच नेपाल-भारतबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आरजु राणालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका थिए। मन्त्री राणाले सोमबार सपथग्रहण गरेर पदभार ग्रहण गरेका थिए।

मन्त्री राणाले सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्ने बताएकी थिइन्। उनले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिवद्धता जनाएका थिए।

प्रतिक्रिया