January 22, 2025, 9:53 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

प्रधानमन्त्री ओलीको पुत्लाको बारेमा जानकारी समेत नभए पछि तानिए सीडीओ र एसपी !

कार्तिक ८, २०८१ मा प्रकाशित | ३४४०दर्शक तीव्रखबर

काठमाडौं,  । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरकारले एकसाथ फिर्ता बोलाएको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा फिर्ता गरिएको हो ।

त्यसैगरि चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश्वर रिमाललाई पनि  तानिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध जथाभावि आन्दोलन गर्दा होस् या  प्रधानमन्त्री केपी ओलीको पुत्ला बनाउदा होस्, रोकथाम गर्न नसकेको आरोप छ ।

उक्त घटनाबारे समयमै माथी सम्म जानकारी गराउन नसकेको पनि आरोप छ ।

चितवनका प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका प्रकाश पौडेललाई सरुवा गरिएको छ।

चितवनको प्रहरी प्रमुखमा मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ।

चितवनबाट हटाइएका एसपी रिमाल मानव बेचविखन ब्युरोमा गएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।

सीडीओ यादव र एसपी रिमालले रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले सरकारविरुद्ध जथाभावि आन्दोलन गर्दा पनि त्यसलाई रोक्न नसकेको उनीहरुमाथि आरोप लागेको हो।रास्वपाका कार्यतर्काले प्रधानमन्त्री केपी ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाह संस्कार गरेका थिए।

उक्त कार्यलाई प्रशासनले रोक्ने प्रयास समेत नगरेको भन्दै फिर्ता गरेको हो।

प्रतिक्रिया