January 30, 2025, 5:13 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

आज सोनाम ल्होसार : तामाङ समुदायले विशेष कार्यक्रम गरी मनाउँदै

माघ १७, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।

आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।

प्रतिक्रिया