February 23, 2025, 3:09 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

माछापुच्छ्रे सहकारीमा ८ करोड ठगीः अध्यक्ष कर्ण पुर्पक्ष थुनामा, १०८ जना फरार

कार्तिक ४, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

विराटनगर,  । सर्वसाधारण बचतकर्ताको करिब ८ करोड बचत रकम ठगी गरेको आरोपमा माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई जिल्ला अदालत मोरङले पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ ।

न्यायधिश अरुणकुमार झाको इजलासले अध्यक्ष कर्णलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत मोरङका सुचना अधिकारी हेमबहादुर बुडाथोकीले बताए ।

मोरङ प्रहरीले बिहीबार सर्वसाधारणको करिब आठ करोड बचत हिनामिना गरेको भन्दै माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कर्ण सहित १०९ जना विरुद्ध ठगी मुद्धा दर्ता गरेको थियो ।

प्रहरीले संस्थाका अध्यक्ष विराटनगर १० का ५५ वर्षिय कर्णसहित सहकारीका पदाधिकारी, संचालक समितिका सदस्य, ऋण उपसमितिका संयोजक र सदस्य २१ जना र ८८ जना ऋणीलाई पनि प्रतिवादी बनाएर बिहीबार जिल्ला अदालत मोरङमा ठगी मुद्धा दर्ता गरेको थियो ।

कर्जा लिएर नतिरेपछि प्रहरीले ऋणीलाई पनि कसुरदार बनाएको थियो ।

गत भदौमा १०३ जना बचतकर्ताले अध्यक्ष कर्णसहित सञ्चालक समितिका सदस्य विरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएपछि मोरङ प्रहरीले कर्णलाई पक्राउ गरेको थियो ।

अभियोग लागेका सस्थाका अध्यक्ष कर्ण बाहेक अरु १०८ जना फरार छन । उनीहरु विरुद्ध सहकारी बचतकर्ताको ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना गरेको अभियोग छ ।

 

प्रतिक्रिया