February 24, 2025, 3:14 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

दिल्लीमा आगलागीमा हुदाँ दुई जनाको मृत्यु, चार घाइते

कार्तिक २, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

  1. नयाँदिल्ली  : दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

भोलानाथ नगरस्थित स्थानीय प्रहरी अधिकारीका अुनुसार सबै घाइते तथा मृतकहरू एउटै परिवारका सदस्य रहेका र उनीहरूको आगलागीका कारण कोठामा धुवाँले निस्सासिएर मृत्यु भएको हो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  “शुक्रबार बिहान ५ः५० बजे दिल्लीको भोलानाथ नगरको घर नम्बर–१९७  आगलागी भएको जानकारी प्राप्त भएको र तत्काल प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी घाइतेलाई उपचारको लागि जीटीबी अस्पतालमा लगिएको थियो ।”

फायर ब्रिगेडले आगलागीलाई केही समयमा नै नियन्त्रणमा लिएको थियो भने भग्नावशेषबाट ४२ वर्षीय शिल्पी गुप्ता र १६ वर्षीय प्रणव गुप्ताको मृत शरीर निकालेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया