February 24, 2025, 3:14 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

अशोज २७, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

गत वर्ष श्रीलङ्कामा ३३ हजार भन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताउनुभयो ।

यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर सामान्य रहेका छन्  ।

महिपालका अनुसार श्रीलङ्कामा क्यान्सरका कारण हुने मृत्युको प्रमुख कारण स्तन, मुख, फोक्सो र कोलोरेक्टल क्यान्सर हो ।

प्रतिक्रिया