February 25, 2025, 1:06 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते

अशोज २४, २०८१ मा प्रकाशित | १५६०दर्शक तीव्रखबर

दोलखा। काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३-०१ -००६ ख ४८४३नम्बरको यात्रुवाहक दोलखाको भीमेश्वर नगरपालिका-८ चरङ्गेमा दुर्घटना हुँदा एकको मृत्यु  ७ जना घाइते भकाए छन्।

जिल्ला प्रहरी कार्यक्रम दोलखाको प्रहरी नायव उपरीक्षक युवराजको नेतृत्वमा गएको टोली घाइतेको उद्धार गरी घाइतेलाई उपचारको लागि दोलखा सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा पुराएकोमा अस्पताल रामेछाप जिल्ला उमा कुण्ड ६ का २२ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको छ।

गुप्तेश्वर का २२ वर्षीय धन बहादुर खड्का को अवस्था गम्भीर रहेको र बाँकी छ जनाको अवस्था सामान्य रहेको सामुदायिक अस्पताल चरिकोटले जनाएको छ। उनीहरू खतरा मुक्त रहेको सामुदायिक अस्पतालमा अमृत बुढाथोकीले जानकारी दिएका छन्।

अन्य घाइतेलाई चरिकोट स्थित सामुदायिक अस्पतालमा ल्याउँदै गरेको भए पनि अवस्थामा सामान्य रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख खड्काले बताए।

बागमती प्रदेश ३ -०१- ०० २४ च ७५१५ नम्बरको ईकाे भ्यानलाई अभिट्याक गर्ने क्रममा बसको सडकमै दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ।

प्रतिक्रिया