January 22, 2025, 1:44 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

सिमताल दुर्घटना : अध्ययन समिति गठन गर्ने गृहमन्त्रीको निर्णय

असार ३२, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं : नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छबि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। उनले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरे।

उनले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रित गर्ने बताए। उनले बाढीपहिरो प्रभाविमन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने उल्लेख गरे।

सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण सुशासन, अर्थमन्त्रको समस्या समाधानमा रहने उनको भनाइ छ। उनले अहिलको व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि संविधान संशोधनका लागि पहल गरिने धारणा राखे।त क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिए।

प्रतिक्रिया