December 23, 2024, 12:53 am
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

असार ३२, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्री ओलीले आजै पद तथा गोपनीयताको सपथ लिएका थिए। उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया