February 24, 2025, 3:02 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

इरानको हवाई यातायात पुनः सञ्चालन

अशोज २१, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

एजेन्सी– इजरायलले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएपछि केही विमानस्थलमा उडान स्थगित गरिएको तर स्थितिको मूल्यांकनपछि हवाई यातायात पुनः सञ्चालन गर्ने घोषणा गरेको इरानका अधिकारीहरूले सोमबार जनाएका छन्।

इरानको नागरिक उड्डयन सङ्गठनका प्रवक्ता जाफर याजार्लूले स्थानीय समयअनुसार आइतबार राति ११ बजेदेखि पुनः उडान सञ्चालन भइरहेको र उडान तालिकानुसारभइरहेको जानकारी दिए।

इरानले गत मङ्गलबार इजरायलमाथि दोस्रो प्रत्यक्ष हमलामा करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन इरानको रिभोल्युसनरी गार्ड्सका एक जनरलसहित तेहरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिशोध थियो।

त्यसयता इजरायलले इरानको आक्रमणको जवाफ दिने बताउँदै आएको छ । इरानले सुरुमा मङगलबार रातिदेखि बिहीबार बिहानसम्म दुई दिनभन्दा कम समयका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

त्यसपछि उड्डयन निकायले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू सुरक्षाको कारण देखाउँदै पुनः नखुल्दासम्म ग्राउण्डेड गरिएको घोषणा गरेको थियो।

युरोपेली सङ्घ उड्डयन सुरषा निकायले युरोपेली एयरलाइन्सलाई अक्टोबर ३१ सम्म इरानी हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएको छ ।

प्रतिक्रिया