February 25, 2025, 1:32 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सुकुम्बासी बस्तीमा एमालेको राहत, कार्यकर्ताले उठाए बाढीको फोहोर

अशोज २०, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

ललितपुर-नेकपा एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटीले गत साता आएको बाढी प्रभावित ललितपुरका स्थानीयलाई राहत वितरण गरेको छ ।

ललितपुर महानगरपालिका-२५ नख्खु किनारका भूमिहीन तथा सुकुम्बासी बस्तीका ३० परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, एक प्याकेट नुन, एक लिटर तेल र एक प्याकेट चिउरा वितरण गरिएको हो ।

‘साथीहरू तथा पार्टीको शुभेच्छुकबाट संकलन गरेर पीडितको घाउमा मल्हम लगाउने प्रयास गरेका छौँ, यो ठूलै राहत होइन । तर तत्काल गाँससमेत नरहेको अवस्थामा पीडितलाई बाँच्न सहयोग मिल्छ’, जिल्ला कमिटीका उपाध्यक्ष सुदर्शन सिवाकोटीले भने ।

नेकपा एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्ज फेरिएसँगै जिल्ला कमिटी पनि सक्रिय भएका छन् ।

राहत वितरण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुशीला नेपाल केन्द्रीय सदस्य तथा युवा–विद्यार्थी जिल्ला कमिटी इन्चार्ज रमेश पौडेल, उपत्यका विशेष कमिटीका अध्यक्ष प्रेम पराजुली, नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषात्तम आचार्य, ललितपुर महानगर-२५ का वडाअध्यक्ष दौलत कुमार खत्री लगायत उपस्थित थिए ।

यसैबीच उक्त ठाँउमा तीन दिनदेखि युवा–विद्यार्थी विशेष जिल्ला कमिटिले बाढी प्रभावितको बस्तीमा सरसफाई तथा भग्नावशेष हटाउने काम गरेको छ ।

प्रतिक्रिया