February 24, 2025, 3:26 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

अशोज २०, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

गाजा, । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल-बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो ।

“गाजाको मध्य क्षेत्र देइर अल-बालाहस्थित अल अक्सा शहीद अस्पतालको गेटअगाडि इजरायलले गरेको बमबारीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ठूलो सङ्ख्यामा घाइते भएका छन्,” एजेन्सीका प्रवक्ता महमुद बसालले भन्नुभयो ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएकोे छ, “मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीमाथि आक्रमण गरिएको हो ।”

प्रतिक्रिया