February 24, 2025, 3:36 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

यी हुन् हिजबुल्लाका हराएका नेता सफेडाइन

अशोज २०, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं – हिजबुल्लाहको नेता हसन नसरल्लाहको मृत्यु भएपछि उनको उत्तराधिकारीको कुनै टुङ्गो छैन। उनकै सम्भाव्य उत्तराधिकारी ठानिएका हसिम सफेडाइन पनि अहिले सम्पर्क बिहीन छन्। आक्रमणको निशाना नै उनी भएको इजरायलले जनाइ सकेको छ। उनी मारिएको या जीवित भन्ने चाहिँ यकिन छैन।

सफडेडाइन नसरल्लाहको मामाको छोरा हुन्। यी दुवैले सन् १९८० को दशकमा इरानमा अध्ययन गरेका थिए। सोही समयदेखि उनीहरू पश्चिमा र इजरायलको कटु आलोचक थिए। सोही समयदेखि नै उनीहरूको इरानी नेतासँगको सम्पर्क कायम थियो। सेफेडाइन सम्पर्कबिहीन हुनु अगाडिसम्म कार्यकारी काउन्सिलका प्रमुख थिए। काउन्सिलले राजनीतिक कम गर्छ भने अर्को सङ्गठन जिहाद काउन्सिलले सैन्य सङ्गठनको काम गर्छ।

सेफेडाइनले नै यस अघि हिजबुल्लाहको इरान रेभुलेसनरी गार्डकर्प (आइआरजिसी)सँग गहिरो सम्बन्ध कायम गरेको जनाइएको छ।

बगदाद एयरपोर्टमा सन् २०२० मा अमेरिकाले गरेको विष्फोटमा मारिएका इरानका जनरल कसिम सोलेमाइनीसँग उनको गहिरो सम्बन्ध थियो। उनीहरू एक आपसका सम्धी समेत हुन्।

उनको जन्म सन् १९६४ मा दक्षिणी लेबनानको डेयर काननमा भएको थियो। हिजबुल्लाहका अन्य नेता जस्तै उनले पनि कालो रङ्गको पगडी लगाउने गर्थे। ६० वर्षीय यी इस्लाम पुरोहित हिजबुल्लाहको राजनीतिक ब्युरोलाई अघि बढाउने काममा बढी नै सक्रिय थिए। उनको यो सक्रियता पछिल्लो वर्ष अझ बढी थियो।

उनले त्यहाँका बासिन्दालाई स्वतन्त्र प्यालेस्टाइनका लागि आवाज उठाउन लगातार अग्रसर गराएका थिए। साथमा अन्य शक्तिसँगको वार्ताको अगुवाइ पनि उनले गर्थे।

प्रतिक्रिया