February 24, 2025, 3:10 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

अमेरिकामा हेलेन आँधी, दुई सयभन्दा बढीको मृत्यु

अशोज १८, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

वासिङटन डिसी : अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’  आँधीले ठूलो क्षति पुर्‍याएको छ। यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको बीबीसीमा जनाइएको छ। अमेरिकी उद्धारकर्मीहरूले आँधीमा घाइतेभएकाहरूको खोजी गरिरहेका छन्।

आँधीको कारण मृत्यु हुने आधाभन्दा बढी नर्थ क्यारोलिनाका रहेका छन्। २००५ मा आएको क्याट्रिना आँधीपछि हेलेन यहाँ आएको सबैभन्दा घातक आँधी साबित भएको छ।

क्याट्रिना आँधीले १८ सयभन्दा बढीको मृत्यु भएको थियो।

हेलेन आँधी आएको एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् । करिब ८ लाख घरहरूमा अझै पनि बिजुली नभएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन्।

बाइडेनले आँधी प्रभावितहरुलाई सहयोग गर्ने वाचा गरेका छन्।

प्रतिक्रिया