December 30, 2024, 11:36 pm
» पत्रकार सम्मेलन को तयारीमा भीम रावल » सरकार कुनै पनि बेला ढल्न सक्छः उपाध्यक्ष खतिवडा » मंगलबार देशका यी स्थानमा हुने छ हिमपात » अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित » चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

‘विपत् र चाडपर्व एकसाथ आउँदा जहाजमा यात्रुको चाप बढ्यो’

अशोज १८, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं-संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाईजहाजमा चाप बढेको बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।

‘विपत् र चाडहरू एकसाथ आएका कारण जहाजतर्फ चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने कुरामा निरन्तर काम गरिरहेका छौँ’, उनले भने ।

मन्त्री पाण्डेले यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पनि बताएका छन् ।

पर्यटन मन्त्रालयसम्बद्ध संस्कृति,पर्यटन र हवाई नीति परिमार्जनका क्रममा रहेको बताउँदै ऐन नियम बनाएर सुदृढीकरण गर्ने जानकारी दिए ।

मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ,संस्थाले सत्यतथ्य कुरा मात्रै पस्किनु पर्नेमा जोड दिए । नेपालको हवाई आकाश सुरक्षित रहेको सन्देश दिनसमेत आग्रह गरे ।

मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

उनले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल टावरकोसमेत अवलोकन गरे ।

प्रतिक्रिया