February 24, 2025, 10:36 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बाढीबाट ललितपुर-१ वडा कार्यालयमा ८० लाखको क्षति

अशोज १७, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

ललितपुर, :  गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका-१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।

ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो तलामा बाढी पस्दा स्वास्थ्य उपकरण, महत्वपूर्ण कागजातलगायत सामग्री नष्ट भएको वडाध्यक्ष निर्मल तण्डुकारले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “महानगरको जनस्वास्थ्य शाखाबाट वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेका थियौँ । आधारभूत स्वास्थ्य केन्द्र तल्लो तलामा थियो । स्वास्थ्यका अत्याधुनिक उपकरणसहितका सामग्री डुबेका छन्, बाढीबाट करिब रु ८० लाख बराबरको क्षति भएको छ ।”

बाढीले अल्ट्रासाउण्ड, इसिजी तथा प्रयोगशालामा प्रयोग हुने महत्वपूर्ण उपकरण, छ वटा कम्युटर र केही औषधिलगायत सामग्रीमा क्षति भएको छ । वडाध्यक्षसहित जनप्रतिनिधि वडा कार्यालयको व्यवस्थापनमा जुट्नुभएको छ ।

कार्यालयको माथिल्लो तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष तण्डुकारले जानकारी दिनुभयो । कार्यालयको माथिल्लो तलामा क्षति कम भएकाले महत्वपूर्ण सेवा प्रवाह नरोकिएको उहाँले बताउनुभयो ।

बाढीले स्वास्थ्य केन्द्र पूर्णरुपमा क्षति भएपछि आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको केन्द्रका अहेव नारायण साहले बताउनुभयो । “स्वास्थ्य केन्द्रका सबै उपकरण र औषधि काम नलाग्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया