October 18, 2024, 6:22 am
» आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै » विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए » विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो » ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग » इजरेलले कसरी हमासका नेता याह्या सिन्वारलाई भेट्यो र मार्‍यो ?

झ्याप्ले खोला पहिरो: गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो (नामावलीसहित)

अशोज १७, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा एउटै पहिरोमा पुरिएका तीन वटा गाडीमा सवार ३५ जना मृतकको पहिचान खुलेको छ । मृत्यु हुनेमा २५ जना पुरुष, नौं जना महिला र एक बालिका रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरू सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले जानकारी दिए ।

दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा झ्याप्ले खोलामा खसेको पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौं आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा चार जना सवार थिए । चितवनबाट काठमाडौं आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।

यसैबिच हालैको बाढी पहिरोमा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

यी हुन् झ्याप्ले खोला पहिरोमा ज्यान गुमाउनेहरू

१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका -१६ बस्ने (३५ वर्ष)

२. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका -१६ बस्ने (३३ वर्ष)

३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका -१६ बस्ने (२९ वर्ष)

४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका-४ (५० वर्ष)

५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा-७ (२५ वर्ष)

६. सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका-९ बस्ने (३३ वर्ष)

७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (४५ वर्ष)

८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (१४ वर्ष)

९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका-३ बस्ने (१४ वर्ष)

१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (३२ वर्ष)

११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (३१ वर्ष)

१२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका-७ बस्ने (२ वर्ष)

१३. साइमन तामाङ, नुवाकोट सामरी-५ बस्ने (२१ वर्ष)

१४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका-२ बस्ने (३१ वर्ष)

१५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट-७ (२८ वर्ष)

१६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट-१५ (३९ वर्ष)

१७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका-४ (४० वर्ष)

१८. नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका-१ (२३ वर्ष)

१९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका-२१ (२१ वर्ष)

२०. सन्तु विक, मकवानपुर मनहरी-९ (३३ वर्ष)

२१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका-१६ (४८ वर्ष)

२२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका-३ (१९ वर्ष)

२३. जनक कुँवर, तनहुँ भानु नगरपालिका-३ (२६ वर्ष)

२४. मोहनदास आचार्य, चितवन भरतपुर-९ (५३ वर्ष)

२५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका-१ (५६ वर्ष)

२६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका-४ (४७ वर्ष)

२७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका-४ (१५ वर्ष)

२८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका-७ (२७ वर्ष)

२९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका-२ (५२ वर्ष)

३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका-२ (४० वर्ष)

३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका-६ (३९ वर्ष)

३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका-२ (२६ वर्ष)

३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका-६ (१७ वर्ष)

३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका-७ (२८ वर्ष)

३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका-५ (३४ वर्ष)

प्रतिक्रिया