October 18, 2024, 6:22 am
» आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै » विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए » विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो » ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग » इजरेलले कसरी हमासका नेता याह्या सिन्वारलाई भेट्यो र मार्‍यो ?

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

अशोज १७, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

गोरखा,  : गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उहाँले बताउनुभयो ।

“गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ”, उहाँले भन्नुभयो, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”

यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।

बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।

प्रतिक्रिया