February 24, 2025, 10:06 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बीपी राजमार्गसहित यी राजमार्ग अझै अवरुद्ध (सूचीसहित)

अशोज १७, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं- असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट अवरुद्ध सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प रहेका छन् ।

नेपाल प्रहरीले आज बिहान सडक तथा राजमार्गहरुको अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यकासहितका साना सडकदेखि कतिपय राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन नसकेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार पहिरोका कारण काठमाडौं उपत्यकाअन्तर्गत दक्षिणकाली नगरपालिका-८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा अवरुद्ध छ भने ललितपुरको गोदवारी नगरपालिका-६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस्तै, मकवानपुर-कुलेखानी-मार्खु सडक, भिमफेदी-कुलेखानी-फाखेल-काठमाडौं सडक, सिस्नेरी-(दक्षिणकाली सडकखण्ड तथा कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध छन् ।

यसैगरी, बीपी राजमार्ग अन्तर्गत मकुण्डदेखि खुर्कोटसम्मको खण्ड ठप्प रहेको छ ।

प्रतिक्रिया