February 24, 2025, 3:04 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

इजरायलमाथि इरानको आक्रमण: तेहरानमा खुशी मनाइयो

अशोज १६, २०८१ मा प्रकाशित | १२२०दर्शक तीव्रखबर

काठमाडौँ । इजरायलमा इरानले मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुसी मनाएको देखिएका छन् ।

बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएका थिए । मानिसहरूले यहाँ पनि उत्सव मनाए ।

यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो । कतिपयले पटाका समेत पड्काएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा तीव्र स्वरमा राखेका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन् ।

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने कुरा गरेका छन् । उनले भने, ‘इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ । हामी हाम्रो नियममा अडिग रहनेछौं। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौं ।’

प्रतिक्रिया