February 24, 2025, 2:54 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

इरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ

अशोज १६, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौँ । इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

उनले भने, ‘इरानले आज राति ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ ।’

इजरायली मन्त्रिपरिषद् बैठकको उद्घाटन गर्दै नेतान्याहुले इरानले आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेको इरानले नबुझेको बताए ।

यसअघि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुलाई चेतावनी दिएका थिए ।

पेजेस्कियानले एक्समा लेखेका छन्- ‘इरान र क्षेत्रको शान्ति र सुरक्षालाई ‘वैध अधिकार’ सहित ‘निर्णायक’ प्रतिक्रिया दिएको छ, जुन इरानका हित र नागरिकहरूको सुरक्षाको लागि हो ।’

प्रतिक्रिया