February 24, 2025, 10:06 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बाढीपहिरो अपडेट : २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

अशोज १६, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २५ जना बेपत्ता छन् भने १५८ जना घाइते छन् ।

यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए ।

प्रतिक्रिया