January 22, 2025, 1:56 pm
» जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि » राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion

ओली नेतृत्वको मन्त्रिपरिषदमा पर्साबाट तीनजना मन्त्री

असार ३२, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

वीरगन्ज : संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीनजना मन्त्री बनेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री,पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् । यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।

यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल ‘प्रचण्ड’ सरकारमा  स्वास्थ तथा जनसंख्य मन्त्री थिए । गत बैशाख २३ गते  जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।त्यसअघि २०७९ मा उनी चार महिना वन तथा वातावरण मन्त्री बनेका थिए।यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित  कांग्रेसका सांसद रमेश रिजाल पनि प्रचण्ड सरकारमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आज २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका  छन्। ओलीले दुई उपप्रधानमन्त्री र १९ जना मन्त्री नियुक्त गरेका हुन्।

प्रतिक्रिया