September 19, 2024, 4:26 pm
» बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

ओली सरकारमा सिंह र पौडेल बने उपप्रधानमन्त्री

असार ३२, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा कांग्रेस र एमालेबाट एक/एक जना उपप्रधानमन्त्री बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शितलनिवासमा नवनियुक्त उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन्।

 सिंह उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री  र पौडेल उप्रधानमन्त्री एवं अर्थमन्त्री  बनेका छन्। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदलगायत सहभागी थिए।

प्रतिक्रिया