December 26, 2024, 2:01 am
» अर्थसहित चारवटा समितिको बैठक बस्दै » ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित » आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने » यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर » गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास

बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

अशोज १३, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं – अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पु-याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गर्नु भई खानेपानी आपूर्तिका लागि आवश्यक कार्य गर्न निर्देशन दिएअनुसार काम अगाडि बढेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।

उनले भने, “सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौं । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ ।”

यसैगरी, ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताए ।काठमाडौंमा महाङ्काल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए । विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ ।

प्रतिक्रिया