December 26, 2024, 1:47 am
» ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित » आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने » यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर » गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए

झ्याप्ले खोला पहिरो : गुल्मीको दुई परिवारका ६ जनाले गुमाए ज्यान

अशोज १३, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं- शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका-९ झ्याप्ले खोलामा पुरिएका सवारीसाधनमा दुई परिवारका ६ जना परेको खुलेको छ ।

आइतबारसम्म उद्धार चलिरहँदा त्यहाँ माइक्रोबस, विङ्गरसहित चारवटा सवारीसाधन परेको पुष्टि भएको हो । ती सवारीसाधनबाट अहिलेसम्म ३० जनाको शव निकालिएको छ।

शनिबार १४ यात्रुको शव निकालिएकोमा आइतबार पनि नेपाली सेना, सशश्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त उद्धार चलाउँदा ३० जनाको शव झिकिएको हो।

नौबिसे-नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको विङ्गरमा गुल्मीका दुई परिवारका ६ जनाले ज्यान गुमाएको खुलेको हो ।

डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम चलिरहँदा शव निकाल्ने क्रमलाई तीव्र पारिएको हो ।

समाचारअनुसार पहिरोले विङ्गर पुर्दा गुल्मीको गाउँपालिका-६ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका हुन् ।

त्यसैगरी गुल्मीकै गुल्मीदरवार गाउँपालिका चारपालाका एकै परिवारका अन्य तीनजनाले पनि ज्यान गुमाएका छन् । उक्त पहिरोमा ज्यान गुमाउनेमा अहिलेसम्म प्रमिता भुसाल रायमाझीको पहिचान खुलेको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर पनि झ्याप्ले खोलामा पुरिएको छ। जसका चालक रमेश लुइँटेल थिए । यही विंगरमा गुल्मीका दुई परिवारका सदस्य सवार रहेको खुलेको छ ।

झ्याले खोलाको पहिरोमा गोरखाबाट काठमाडौंका लागि छुटेको दरौँदी यातायात प्रालिको ना४ख २२७० नम्बरको नवदुर्गा यातायातको बस पनि परेको छ ।

त्यसैगरी चितवन-काठमाडौं रूटमा चल्ने बा२ख १३४५ नम्बरको माइक्रो बस पनि उक्त पहिरोमा परेको छ ।

प्रतिक्रिया