February 24, 2025, 7:44 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता

अशोज १३, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै खसेको पहिरोमा परेर माथिल्लो तामाकोशी जलविद्युत आयोजना कार्यरत दुईजना सुरक्षाकर्मी सहित ४ जना बेपत्ता भएका छन् ।

बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाका लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनाका दुईजना र अन्य दुई कर्मचारी गरि चारजना बेपत्ता भएको आयोजनाले जनाएको छ।

पहिरोले ड्याम नजिकै रहेको हाइड्रोपावरको कन्ट्रोल बिल्डिङमा माथिबाट पहिरो झरेर बिल्डिङ पुरिँदा त्यहाँ बस्ने सुरक्षार्कीसहित ४ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा नवलपरासीका ३५ वर्षीय कृष्णप्रसाद चौधरी, बिगु गाउँपालिका-१ लामाबगरका ३० वर्षीय जयराम तामाङ, नेपाली सेनाका जवान नरेन्द्र बहादुर पाल र शंकरचन्द रहेका छन्।उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोले आयोजनामा समेत ठूलो क्षति गरेको छ।

प्रतिक्रिया