February 24, 2025, 7:09 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बागमती र विष्णुमतीको बाढीले खतराको तह पार गर्‍यो

अशोज ११, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं : दुई दिनदेखि लगातार बर्षात् हुँदा काठमाडौंका नदीहरूमा ठूलो बाढी आएको छ ।

काठमाडौंका नदीको मुहान क्षेत्रहरू शिवपुरी, सुन्दरीजल, गोदावरीसहितका क्षेत्रमा लगातार पानी पर्दा बाढी उर्लिएको हो ।

बागमतीसहितका नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुासर बागमती नदी खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।

अहिले यी स्थानमा नदीको सतह बढ्दो क्रममा भएकाले तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेले रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ।

बाढीले पानीको सतह निरन्तर बढिरहँदा किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले भनेको छ । महाशाखाले अझै केही दिन पानी पर्ने जनाएको छ ।

प्रतिक्रिया