February 25, 2025, 6:25 am
» शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका » पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत » अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

आज भनिएको रास्वपाको पत्रकार सम्मेलन स्थगित

अशोज ११, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौं,  ।  आज दिउँसो ४ बजे हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलन स्थगित भएको छ ।

उक्त पत्रकार सम्मेलन अब आइतबार दिउँसो साढे २ बजे हुनेछ । पत्रकार सम्मेलन स्थगित गरेर रास्वपाले आइतबारका लागि केन्द्रीय समितिको बैठक डाकेको छ ।

पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकका छलफलका लागि ६ एजेण्डा रहेको रास्वपाले जनाएको छ ।

छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविधि राखिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि रास्वपा सरकारविरुद्ध आक्रामक रुपमा उत्रने तयारी गरेको छ ।

सहकारी छानबिन समितिले रविलाई कारबाहीका लागि सिफारिस गरेपछि गत साता उनलाई पक्राउ गर्ने तयारी भएको थियो ।

तर,रास्वपाले प्रतिवाद गर्ने चेतावनीपछि सरकार ब्याक हटेको छ ।

सोही प्रकरणमा रविका पूर्व व्यापारिक साझेदार रहेका पूर्व डीआईजी छविलाल जोशी भने ६ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

प्रतिक्रिया