September 19, 2024, 4:36 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने

असार ३१, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं : नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रम सोमबार बिहान ११ बजे हुने भएको छ। नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालका सहसचिव शैलजा रेग्मीले संघीय संसद सचिवालयलाई ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सांसदलाई बिहान १०:३० भित्र राष्ट्रपतिको कार्यालय,शीतल निवास प्रवेश गरिसक्न जानकारी गराउन पत्राचार गरेकी छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।  राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा आज सकिएपछि नयाँ प्रधानमन्त्री नियुक्ति गर्न लागेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली पुनः चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले अस्वीकृत भएको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत आएको छ भने विपक्षमा दुई तिहाइभन्दा बढी १९४ मत परेको थियो।

सो जानकारी पाएलगत्तै संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिले आइतबार अपरान्ह ५ बजे भित्र पेश गर्न आव्हान गरेका छन्। राष्ट्रपतिको आह्वान गरेपछि शुक्रबार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए।

२०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटाइएको थियो। सर्वोच्चको संवैधानिक इजलासबाट यो परमादेश जारी भएको थियो। त्यो बेला परमादेशबाट ओली हटेर कांग्रेस सभापति शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री बनेका थिए। त्यो असार २८ मा देउवासहित माओवादी केन्द्र,एमालेकै तत्कालीन विद्राही नेता माधवकुमार नेपालसहित मिलेर ओली सरकार बर्हिगमन गराएका थिए।

अहिले आएर देउवाकै समर्थनमा ओली प्रधानमन्त्री बनेका छन्। दाहाल र नेपाल भने देउवा ओलीको विपक्षमा छन्। तीन वर्षपछि फेरि बहिर्गमन भएकै दिन असार २८ मा ओलीको पुनरागमन भएको छ। दुई ठूला दलको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बन्दै छन्।

प्रतिक्रिया